बुधबार छिचोलिँदै सुनकोशी-मरिण डाइभर्सनको सुरुङ

मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ- सुनकोशी-मरिण डाइभर्सनअन्तर्गतको सुरुङ बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् ।

१३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको आयोजनालुे जनाएको छ । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेबताइएको छ ।राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका-२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ ।

२२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिन लागेको हो । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ । ०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्