यातायातका इञ्जिनियर र शाखा अधिकृत पक्राउ

आइतबार, वैशाख १६, २०८१

काठमाडौं - नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् ।

यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका इञ्जिनियर भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो । भट्ट यातायात व्यवस्था विभागका करार इञ्जिनियर हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्