सहकारीबाट ऋण लिएको प्रमाणित गर्न गगनलाई रविकाे चुनाैती

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौँ - प्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाणित भए राजनीति छोड्ने टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक अवरोध भएपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस महामन्त्री गगन थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

‘आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?,’ उनको चुनौती थियो । रास्वपाका सभापति समेत रहेका लामिछानेले आफूलाई बोल्न दिन कांग्रेस डराएको दाबी गरे ।

‘उहाँले मलाई किन डराउनुभएको भन्नुभयो ? मैले बोल्ने कुरामा किन डराउनुभएको ?,’ उनले भने,‘एक पटक सदनमा बोल्न दिए त थाहा हुन्थ्यो नि किन डराएको किन नडराएको ? डर कसले मान्नुपर्ने हो ? निरन्तर दुई महिनासम्म आरोप गरिरहने अनि किन डराएको भन्ने ? एक पटक मेरो कुरा सुन्न किन डराएको ?’

मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी गरिएको लामिछानेको गुनासो थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्