रास्वपाका उम्मेदवार मिलन लिम्बूले गरे मतदान

शनिबार, वैशाख १५, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन् ।

माङसेबुङ-२ स्थायी घर भएका लिम्बूले दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । सोही मतदान स्थलको (क) केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले समेत मतदान गरेका छन् ।


उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये (क) केन्द्रमा ५ सय ५८ र (ख) केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन् ।

आज बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्