आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

शनिबार, वैशाख १५, २०८१

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्