२० अर्ब खर्चेर टेलिकमले लाइसेन्स नविकरण गर्ने

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं - नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले लाइसेन्स निविकरण गर्ने भएको छ । २० अर्ब नविकरण दस्तुर तिरेर कम्पनीले लाइसेन्स नविकरण गर्ने निर्णय गरेको हो । कम्पनीले २० अर्ब रुपैयाँ दस्तुर तिरेर लाइसेन्स नविकरण गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिबाट बैशाख १३ गते दस्तुर तिरेर नविकरण गर्ने निर्णय गरेको हो ।


कम्पनीले तेस्रो पटक नविकरण दस्तुर बुझाउन लागेको हो । राजस्व नउठेर अतालिएको सरकारले २० अर्ब दस्तुर प्राप्त गर्दा केहि सहज हुन्छ । तर यो रकम सिधै सरकारी कोषमा आउँदैन । यदि एन्टीसीले नविकरण दस्तुरको रकम नेपाल दुरसंचार प्राधिकरणलाई बुझाउनेछ । सरकारले चाहेको खण्डमा प्राधिकरणबाट सो रकम राज्य कोषमा तान्न सक्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्