वेष्ट इण्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ खेलाडी, को- को परे ?

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ - वेष्ट इण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी(२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।

उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० क्रिकेटर भएका छन् ।

क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो । जसमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार