सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन मात्र बनाए पछि खेल ३५ रनले हारेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो यस सिजनमा बैंगलुरुको दोस्रो जित हो । ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अंक भएको छ र अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार