कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

बुधबार, वैशाख १२, २०८१

सुर्खेत- कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार