जारी आइपिएलमा अहिलेसम्म ९ शतक प्रहार, क-कसले बनाए ?

बुधबार, वैशाख १२, २०८१

काठमाडौँ- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । ३२० ओभरमा २०० रन सामान्य बनेको छ ।

आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रन यस आइपिएलमा बनेको छ । सनराइजर्स हैदरावादले आइपिएल इतिहासकै ठुलो टोटल २८७ रन बनाएको छ । त्यसपछि २७७ रनको टोटल पनि उसकै नाममा रहेको छ । त्यस्तै कोलकोताले २७२ रन बनाएको छ ।

त्यसैगरी खेलाडीको प्रदर्शनको कुरा गर्ने हो भने यस आइपिएलमा अहिलेसम्म ९ वटा शतक बनेका छन् । जसमा राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जोस बटलरले २ शतक बनाएका छन् । उनले कोलकोताविरुद्ध १०७ र रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध १०० रन बनाएका थिए ।

त्यस्तै यस आइपिएलमा सनराइजर्सबाट खेलिरहेका अस्ट्रेलियाका ट्राभिस हेड, कोलकोताबाट खेलिरहेका वेस्ट इन्डिजका सुनिल नारायण तथा लखनउबाट खेलिरहेका अस्ट्रेलियाका मार्कस स्टोइनिशले शतक प्रहार गरेका छन् ।

त्यस्तै शतक बनाउने भारतीय खेलाडीमा चेन्नईका कप्तान रुतुराज गायकवाड, राजस्थानबाट खेलिरहेका यशस्वी जैसवाल, बैंगलुरुका विराट कोहली, मुम्बईका रोहित शर्माले एक एक शतक बनाएका छन् ।
         

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार