अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई बनाउने निर्णय गरेको हो।

हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए । विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार