गैरहाजिर रहेका प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन

सोमबार, वैशाख १०, २०८१

काठमाडौं -नेपाल प्रहरीको प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सूचना सार्वजनिक गर्दै ७ दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको दिएको हो । प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

सूचना हेर्नुहोस्

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्