जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बनेकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेले जसपाबाट समानुपातिक सांसद बनेकी हसिनालाई शपथ गराएका हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी हसिनाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्