अत्यधिक गर्मीका कारण दुई दिन बुटवलका विद्यालय बन्द

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ - केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

 वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । 


गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्