नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ- नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं विकेट गुमाएको हो ।

दिपेन्द्रले ८ बल खेलेर ५ रन बनाउदै आयान खानको बलमा आउट भएका हुन् । यस अघि कुशलले ३ रन बनाउदै बसिल हामिदको बलमा आउट भएका थिए भने कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका थिए । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले १३.२ ओभरमा ५ विकेट गुमाउदै ७५ रन बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार