एसीसी प्रिमियर कप सेमिफाइनलः टस हारेर ब्याटिङ गरेको नेपाललाई पहिलो झड्का

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं– ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग टस हारेर ब्याटिङ सुरु गरेको नेपालको एक विकेट झरेको छ। पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका छन्। 

उनलाई जुनैद सिद्दिकिले 'गोल्डेन डग आउट' बनाएका हुन् । योसँगै ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।

अलअमरेत क्रिकेट ग्राउन्ड १ मा हुने खेलमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजे। 
युएईसँगको खेलमा प्रतिश जिसीको ठाँउमा सोमपाल कामी फर्केका छन् । 

नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा परेका छन्।

नेपालले एसीया कपमा स्थान सुरक्षित गर्नका निम्ति प्रिमियर कप उचाल्नुपर्छ।

सेमिफाइनलको दोस्रो खेल आजै ओमान र हङकङबीच हुनेछ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार