सि डिभिजन लिग अन्तर्गत आज तेस्रो राउन्डको अन्तिम खेल हुदैँ

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौ - सि डिभिजन लिग अन्तर्गत आज तेस्रो राउन्डको अन्तिम खेल हुदैँ छ । जसमा मनोहरा युनाईटेड क्लब र गोलबजार क्लब खेल्नेछन् । 

मनोहरा क्लब अहिलेसम्म २ खेलमा १ जित र १ हार सहित ३ अंक जोड्न सफल भएको छ । गोलबजार क्लब भने २ खेलमा १ हार र १ बराबर सहित अंक तालिकाको पुच्छरमा रहेको छ । 
दिउँसो ३ बजेदेखि हुने खेल एन्फा कम्पलेक्सको मैदानमा हुनेछ । उक्त खेलको प्रत्यक्ष प्रसारण क्यानडा नेपालको युटुब च्यानलबाट हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्