नेपालका र्‍यापरबारे बलिउडका बादशाह यसो भन्छन् (भिडिओ)

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं– नेपाली संगितका विषयमा बलिउडका र्यापर बादशाहले चर्चा गरेका छन्। 

खासगरी र्‍याप म्युजिकलाई लिएर उनले भनेका छन्,‘नेपाली म्युजिक किलर छ।’

सो क्रममा उनले र्‍यापर यमबुद्ध (अनिल अधिकारी)लगायतको नाम लिएका छन्। र्‍यापर भिटेनको समेत चर्चा गरेका बादशाह बलिउडमा पछिल्लो समय चर्चा कमाएका र्यापर हुन्।

बादशाहका निक्कै गीत चर्चित छन्। पछिल्ला दिनमा उनी भारतको टेलिभिजन च्यानलका विभिन्न रियालिटी शोमा निर्णायकका रुपमा पनि देखा परेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्