सेनामा भर्ना खुल्यो, २६ सय १५ जनालाई जागिरको अवसर

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं - नेपाली सेनाले ठूलो संख्यामा आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना जारी गर्दै विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त माग गरेको हो । जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।


जेठ ५ गतेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने जंगी अड्डाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्