सुनको मुल्य आज तोलामा कति ?

बुधबार, वैशाख ५, २०८१

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मुल्य स्थिर रहेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै मंगलबारकै १ लाख ३९ हजार २०० मा कारोबार भइरहेकाे हाे ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ रहेकाे छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्