अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने प्रधानमन्त्रीको दाबी

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।

मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताएका हुन् ।

उनले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक नरहेको बताए । उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रूपमा बुझ्न नहुने पनि बताए ।

सरकारले उद्योगी, व्यवसायीहरूको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्