सुदूरपश्चिममा एकीकृत समाजवादीले लियो समर्थन फिर्ता

मंगलबार, वैशाख ४, २०८१

धनगढी- सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् ।

योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबि गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडी बढेको देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्