मधेश प्रदेश सभामा जनमतको अवरोध, बैठक स्थगित

मंगलबार, वैशाख ४, २०८१

जनकपुरधाम- मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा जनमत पार्टीका सांसदहरुले बैठक अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

जनमत पार्टीले आफ्ना तत्कालिन मन्त्रीमाथि भएको आक्रमणको छानबिन समिति बनाउने सहमति भएपनि अहिलेसम्म नबनाएको भन्दै विरोध शुरु गरेको थियो ।

जनमत पार्टीले कार्यव्यवस्था समितिको बैठक नबसी संसद संचालन गरेको भन्दै विरोध गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्