तोयम राया महालेखा परीक्षकमा सर्वसम्मत अनुमोदित

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- महालेखा परीक्षकमा तोयम रायालाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् ।

आज भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो । संवैधानिक परिषद्ले रायालाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।

राया राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव हुन् । उनी ६ वर्षीय कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्