३४ शाखा अधिकृत उपसचिवमा बढुवा (सूचीसहित)

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- ३४ जना उपसचिवको पदस्थापन गरिएको छ । 

कार्यक्षमताको मुल्यांकनद्वारा उपसचिव पदमा बढुवा नियुक्ति भएका उपसचिवहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको हो । यससँगै अब संघ, प्रदेश तथा स्थानीय निकायका विभिन्न रिक्त स्थानहरूमा काज तथा सरुवा गरिने छ ।

पछिल्लो समय विशेष गरी स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृतलाई अन्तै सरुवा गरेर निमित्त दिने र त्यसमा पनि दुई महिने प्रचलन शुरु गरेसँगै बढ्दै गएको बेथिति हटाउन नवनियुक्त उपसचिवहरूलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी मन्त्रालयको रहेको छ ।

एकताका निमित्त र रिक्त स्थानीय तहहरू घट्दै गए पनि पछिल्लो समय पुनः निमित्त खेती र दुई दुई महिनामा नियुक्ति नवीकरण गर्नुपर्ने खेती शुरु गरिएको थियो । जसले आर्थिक चलखेल बढाउनुका साथै अराजकतासमेत निम्त्याएको भन्दै मन्त्रालयमै विरोधसमेत गरिएको थियो । 

हेर्नुस् उपसचिवहरुो सूची 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्