प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

उनीहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

साथै एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको स्रोतले बतायो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्