प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ- नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गएराति प्रकाशित बढुवा सूची अनुसार बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारी यसै साता अवकाशमा जाँदै छन् । भण्डारी आजबाट र चौधरी वैशाख ६ बाट अवकाशमा जान लागेका हुन्।

सो रिक्त पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

435222780_392211036952575_5607926965739157808_n

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्