सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले पनि माग्यो पीडितकाे जन्मदर्ता

सोमबार, वैशाख ३, २०८१

काठमाडौं - उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो । यसविरुद्ध क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्