गगन थापा भन्छन् काँग्रेसले २०८१ मा बालुवाटार र सिंहदरवारतिर हेर्नु पनि हुँदैन

सोमबार, वैशाख ३, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरवारतिर फर्किएर हेर्न नहुने बताएका छन् ।

सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । उनले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने बताए । उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरूलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए ।

उनले सरकारमा नयाँ आएकाहरूले काँग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी रहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्