मलाई प्रधानमन्त्री बन्ने रूची नै छैन : ओली

सोमबार, वैशाख ३, २०८१

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फेरि प्रधानमन्त्री बन्ने रूची नरहेको बताएका छन् । आज (सोमबार) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आफूले पहिले नै प्रधानमन्त्री बन्ने रूची नरहेको बताएइसकेको उल्लेख गरेका हुन् ।

कांग्रेससहितको सरकार हुँदा आफूले दिएको अभिव्यक्ति स्मरण गराउँदै उनले भने, ‘त्यस बेला नै मैले प्रधानमन्त्रीमा आफ्नो रूची नभएको, अहिलेको समीकरण बदल्न चाहेको, प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होईन । प्रधानमन्त्रीको पद महत्वपूर्ण कुरा पनि हो । त्यसैबाट नेतृत्व गरिन्छ । त्यहीबाट नेतृत्व हुन्छ । तर, यतिबेला के गर्दा अनुकूल वातावरण बन्छ ? देश ओरालो लागिराखेको छ, हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने प्रधानमन्त्री नभएर पनि ओरालो लाग्ने बोटोतिर जानबाट रोक्दैनौं र त्यसलाई छेक्दैनौं भने राम्रो हुँदैन ।’

साथै, आफूले विगतदेखि नै वामपन्थी एकताका लागि प्रयास गरेको उनले दाबी गरे । केही नक्कली कुरा गर्नेहरुले वामपन्थी शक्तिहरु मिलेको हेर्न नसकेको उनको आरोप छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालतर्फ लक्षित गर्दै उनले भने, ‘म भनिरहेको छ– कतिपय नक्कली कुरा गर्नेहरु पनि छन् । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनु हाम्रो काम हो । हामीले दुई तिहाइको नजिक पुर्याएका थियौं । हामीले तोडेको होईन । हामीले जोड्नेमात्रै का गर्यौैं । नराम्रो काम गर्दिन भन्ने प्रतिवद्धता गर्ने शक्तिहरुको एकता आजको आवश्यकता हो ।’

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्