सुहाङसँग सुवासभन्दा  बढी मतान्तरले हारे डम्बर

मंगलबार, वैशाख १८, २०८१

इलाम - इलाम क्षेत्र नम्बर २ को मतगणना सकिएको छ। नेकपा एमालेका सुहाङ नेम्बाङले फराकिलो मतान्तरसहित संघीय संसद्को ढोका खोलेका छन्। 

उनी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कासँग ५ हजार ८ सय ३० मतले पराजित भएका हुन्। संयोग नै भन्नुपर्छ, यसअघिको निर्वाचनमा सुहाङका बुवा स्व. सुवास नेम्बाङको प्रतिस्पर्धा पनि डम्बरसँग नै भएको थियो। निर्वाचनमा अघिल्लो हारको बदला लिने सुरमा रहेका डम्बर झन् ठूलो मतान्तरले पराजित बन्न पुगेका छन्। 

०७९ को निर्वाचनमा बुवा सुवाससँग १ सय १४ मतले हारेका डम्बर डेढ वर्षपछि छोरा सुहाङसँग ५ हजार ८ सय ३० मतले पराजित बन्न पुगेका छन्। 

कांग्रेसले भूगोल बुझेको उम्मेदवार भन्दै पुरानै उम्मेदवार खड्कालाई मैदानमा उतारेर पुरानो मत संरक्षण हुने आकलन गरेको थियो। तर उसको यो रणनीति सफल भएन। गत भदौमा अकस्मात सुवासको निधन भएपछि गत शनिबार (१५ वैशाख) यहाँ उपनिर्वाचन भएको हो। 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:२७
प्रतिक्रिया दिनुहोस्