सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेस

आइतबार, वैशाख २, २०८१

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना, एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेश गरिएको छ ।

सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्