त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्