हुम्लाको एक भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

शुक्रबार, चैत ३०, २०८०

सिमकोट, (हुम्ला)- हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।

गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए । अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ । भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उहाँले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्