पोखराको हेम्जामा बस दुर्घटना, ८ जना घाइते

बिहीबार, चैत २९, २०८०

पोखरा -पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्