गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे : ज्ञानेन्द्र शाही

बुधबार, चैत २८, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए । उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए । 

उनले सहकारीमा लाखौ पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्