१ करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित

शनिबार, चैत २४, २०८०

सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।

चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा बीमा, प्रमुख रोग बीमा र चिकित्सा सहायतासहितको तीन तहको स्वास्थ्य सेवा सुरक्षा प्रणाली स्थापना गरेको छ ।

आधारभूत चिकित्सा बीमाद्वारा सेवा लाभ गरेका करिब एक अर्ब व्यक्तिहरू पनि प्रमुख रोग बीमाद्वारा लाभान्वित भई अतिरिक्त शुल्कबाट मुक्त भएका छन् ।

हाल, कुनै निश्चित क्षेत्रमा प्रमुख रोग बीमाको लागि न्यूनतम भुक्तानी मापदण्ड अघिल्लो वर्ष स्थानीय बासिन्दाहरूको प्रतिव्यक्ति ‘डिस्पोजेबल आय’को ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन र प्रतिपूर्ति दर उनीहरूको मेडिकल बिलको ६० प्रतिशतभन्दा कम हुनुहुँदैन । सबै करहरू भुक्तानी गरेपछि बाँकी आम्दानीलाई डिस्पोजेबल आय भनिन्छ ।

न्यूनतम निर्वाह भत्ता प्राप्त गर्ने, विशेष कठिनाइ भएका व्यक्ति हरू र गरिबीमा पर्ने वा फर्कने व्यक्तिहरूको लागि प्रतिपूर्ति दर ५ प्रतिशत बिन्दु बढी हुनुपर्दछ

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार