सि डिभिजन लिग : बागमती क्लब बिजयी

शुक्रबार, चैत २३, २०८०

नेपालको तेस्रो श्रेणी सि-डिभिजन लिग अन्तरगत दोस्रो दिनको पहिलो खेलमा सर्लाहीको बागमती क्लब बिजयी भएको छ । बागमती क्लबले ललितपुरको सानेपा क्लबलाई ३-१ ले पराजीत गरेको हो ।

खेलको ३१ औं मिनेटमा बिमल घिसिङले बागमतीका लागि अग्रता दिलाएका थिए । त्यसको ५९ औँ मिनेटमा श्रीजन राज गौतमले बागमतीको लागि अग्रता दोब्बर बनाएका थिए । सानेपा क्लबले ७८ औँ मिनेटमा पाएको पेनाल्टीलाई पेम्बा दोर्जे लामाले सदुपयोग गर्दै २-१ बनाएका थिए । तर खेलको ८४ औँ मिनेटमा बागमतीले हानेको फ्रिकिकमा सुन्देश भुजेलले आत्मघाती गोल गर्दा सानेपाले ३-१ को पराजय भोग्नुपरेको हो ।

यो सँगै बागमती युवा क्लब ३ अंक जोडेर खेल तालिकाको शिर्ष स्थानमा पुगेको छ । आज दिउँसो ४ बजे महावीर क्लब र रानीवन स्पोर्टस क्लब बिच दोस्रो खेल रहेको छ । खेल क्यानडा नेपालको युट्युब च्यानलमा हेर्न सकिने छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार