‘सी’ डिभिजन लिग : आरसी ३२ को पहिलो जित

बिहीबार, चैत २२, २०८०

काठमाडौं- सि-डिभिजन लिग अन्तरगतको पहिलो खेलमा आरसी- ३२ ले पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आरसी-३२ ले खालीबारी युवा क्लबलाई १-० ले पराजय गरेको हो ।

खेलको २१ औं मिनेटमा बबिन बोहोराले उत्कृष्ट गोल गर्दै आरसी-३२ लाई अग्रता दिलाएका थिए । योसँगै आरसी-३२ ३ अंक सहित लिग तालिकाको शीर्ष स्थानमा आफ्नो स्थान बनाएको छ ।

भोलि दिउँसो १ बजे सानेपा क्लब र बागमती युवा क्लब बिच पहिलो खेल र दिउँसो ४:१५ मा रानिवन स्पोर्टस क्लब र महाबिर क्लब बिच प्रतिश्पर्धा हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । खेल क्यानडा नेपालको युट्युब च्यानलमा हेर्न सकिने छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्