एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा
काठमाडौँ - पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० ०७:२२
प्रतिक्रिया दिनुहोस्