नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

बुधबार, चैत २१, २०८०

काठमाडौँ- भारतमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला अन्तर्गतकाे बुधबारकाे खेलमा नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ५४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्