एक बर्षमा नै विश्वमा विनोद चौधरीलाई ११७ जना अर्बपतिले जिते, उनको नम्बर १७६४

बुधबार, चैत २१, २०८०

काठमाडौं– एक बर्षमा नै नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीलाई ११७ जनाले जितेका छन्। सन् २०२३ को तुलनामा उनीभन्दा ११७ जना धनाड्य बढेका हुन्। 

फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार चौधरी अहिले १७६४औं स्थानमा रहेका छन्।

सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १६४७औं स्थानमा थिए । सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन डलर रहेको थियो भने सन् २०२४ मा पनि उनको सम्पत्ति बढेको छैन ।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्