विराट गोल्डकपको सेमिफाइनलको समीकरण पुरा

बुधबार, चैत २१, २०८०

विराटनगर  -मछिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्गशालामा गएराती सम्पन्न खेलमा मछिन्द्रले भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा स्टेफेन बिनोङले दुई गोल गरेका थिए भने कोलकोत्ताका साउर्थनसोनु हवल्दारले एक गोल गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली एपिएफ खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा मछिन्द्रको सामना  भारत सिक्किमको ड्रेगन फुटबल क्लबले गर्ने छ । पहिलो सेमिफाइनल खेल आज हुदै छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्