एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

मंगलबार, चैत २०, २०८०

विराटनगर - विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्शालामा गएराती सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।    एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक-एक गोल गरेका थिए ।

आज मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्