गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

आइतबार, चैत १८, २०८०

काठमाडौं- नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि अनिल शाहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाए । 

यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको गुजरात १८.२ ओभरमा अल आउट हुँदै ९८ रन बनाएको थियो ।

गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए  ।

त्यसै गरि नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए  ।

अब नेपालले अर्को खेल अप्रिल २ मा बरोडासँग खेल्ने छ भने अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्