गुजरातविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

आइतबार, चैत १८, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले भारतीय स्टेट टीम गुजरातविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्