यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, चैत १७, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो पनि डलर यही मूल्यमा कारोबार भएको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। 


यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्