लोकेशको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड ए सँग पराजित

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- आयरल्याण्ड ए ले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजति गरेको हो ।

आयरल्याण्डले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्