सुनको भाउले बनायो नयाँ रेकर्ड , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, चैत १६, २०८०

काठमाडाै - आज शुक्रबार सुनको भाउले नयाँ इतिहास रचेको छ । हिजो बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २१ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ११ हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ७ रुपैयाँ तोकेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्