लामखुट्टेको टोकाइबाट बच्न अपनाउन सकिन्छ यस्ता उपाय , जानिराखौ के छ घरेलु विधि ?

बिहीबार, चैत १५, २०८०

काठमाडौ - गर्मी तथा वर्षाको मौसममा लामखुट्टेको टोकाइबाट बच्न जरुरी छ । फरक प्रजातिका लामखुट्टेले फरक रोग सार्ने जोखिम रहन्छ ।

लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्छ । 

लामखुट्टेको टोकाइबाट लाग्ने प्रमुख रोगहरू डेंगु, चिकनगुनिया, मलेरिया, पहेंलो ज्वरो र जिका भाइरस हुन्। यी रोगहरूबाट बच्न, लामखुट्टेबाट बच्ने प्रयास गर्नुहोस्।  यी रोगहरू र तिनीहरूका लक्षणहरू बारे जान्नुहोस्।
 

लामखुट्टेको टोकाइबाट लाग्ने रोग र तिनका लक्षणहरू :
डेंगु

डेंगु रोग एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । सामान्यतया डेंगुको मुख्य लक्षण उच्च ज्वरोलाई मानिन्छ ।

डेंगु लामखुट्टेबाट बच्न यस मौसममा पूरा बाहुलाको लुगा लगाउनुहोस्। घरको झ्याल र ढोका बन्द राख्नुहोस् र घर वरपर पानी जम्मा हुन नदिनुहोस्। डेंगुको सही समयमा उपचार हुन नसकेमा मानिसको ज्यान समेत जान सक्छ ।

डेंगुको लक्षण
डेंगुका लक्षणहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, शरीरमा दागहरू देखिन सक्छन्। डेंगुको लक्षण हरेक व्यक्तिमा फरक फरक हुनसक्छ, त्यसैले ज्वरो कम नआउने हो भने अवश्य चिकित्सकलाई भेट्नुहोस्।
 

चिकनगुनिया
चिकुनगुनिया संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेको टोकाइबाट सर्छ। चिकनगुनिया व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो लामखुट्टेको टोकाइले शरीरमा धेरै कमजोरी हुन्छ । जसका कारण पटकपटक चिकुनगुनिया भएको व्यक्तिलाई पूर्ण रुपमा निको हुन धेरै दिन लाग्न सक्छ ।
 

जन्डिस
पहेंलो ज्वरो फ्लेभिभाइरसको कारणले हुन्छ। यो ज्वरोलाई पहेँलो ज्वरो पनि भनिन्छ । सामान्यतया यो ज्वरोको लक्षण संक्रमित भएको ४ देखि ५ दिन पछि देखिन्छ । पहेंलो ज्वरोको अवस्थामा रगत परीक्षण गरिन्छ। मनसुनमा पहेंलो ज्वरो बढी हुने गर्छ । यो रोगबाट बच्न लामखुट्टेबाट बच्ने प्रयास गर्नुहोस्।

जन्डिसको लक्षण
ज्वरो, कमजोरी, छाला र आँखा पहेंलो हुने आदि।
जिका भाइरस
जिका भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यो रोग छिटो फैलिन्छ। जिका भाइरस गर्भवती वा स्तनपान गराउने आमाबाट उनको बच्चामा पनि सजिलै सर्न सक्छ। रगत आदानप्रदान र शारीरिक सम्बन्धका बेला पनि यो रोग सर्ने खतरा हुन्छ ।
जिका भाइरसको लक्षण
उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने आदि ।
यी सबै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । वर्षायाममा घरका झ्याल र ढोका बन्द राख्ने, फुल बाहुलाको लुगा लगाउने, लामखुट्टे बढी भएको ठाउँमा नजाने र लामखुट्टेको जाली प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुहोस्। ज्वरो आएमा छिट्टै चिकित्सकलाई देखाएर परीक्षण गराउनुपर्छ ।
 

मलेरिया
पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट मलेरिया लाग्ने गर्छ । यो रोगमा व्यक्तिको शरीरको रातो रक्त कोशिकाहरू प्रभावित हुन्छन्, जसका कारण व्यक्तिलाई पीडा हुन्छ । मलेरियाबाट बच्न र लामखुट्टेको प्रजनन रोक्न लामखुट्टेको जाली प्रयोग गर्नुहोस्।
मलेरियाको लक्षण
ज्वरो, चिसो, शरीर दुख्ने र कमजोरी आदि।

लामखुट्टेको टोकाइबाट बच्ने उपाय
-सधै झुल टाँगेर सुत्ने
-खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
-घरको झ्याल ढोकामा जाली हाल्ने
-सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
-घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने
-घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने
 

लामखुट्टेको टोकाइबाट बच्ने घरेलु उपाय
लामखुट्टेको भगाउने अनेकौं धूप र लिक्विडहरू नभएका होइनन् । तर यसमा हुने केमिकलले कतिपय अवस्थामा स्वास्थ्यमा असर पार्ने गर्दछ । तसर्थ लामखुट्टे भगाउन केही घरेलु उपायहरू अपनाउनु उपयुक्त हुनसक्छ ।
तुलसी
प्राय: हिन्दुहरुको घरै पिच्छे हुने तुलसीलाई भगवानका रुपमा पुज्ने गरिन्छ । यही तुलसी घरआगनमा हुँदा यसबाट आउने सुगन्धका कारण लामखुट्टे भाग्ने गर्दछन् ।

ल्वाङकागती

एक राम्रो कागतीलाई बीचमा काटेर त्यसभित्र ७/८ वटा ल्वाङ राखेर लामखुट्टे हुने कुनाहरुमा राखेमा यसले लामखुट्टे भगाउँछ ।

लसुन र ल्वाङ
७/८ वटा ल्वाङ र लसुनका ४/५ वटा टुक्रालाई पिसेर पानीमा उमाल्ने र केहिबेर सेलाउने । त्यसपछि उक्त घोललाई छानेर सफा बोतलमा राखेर लामखुट्टे लाग्ने स्थानमा स्प्रेको रुपमा प्रयोग गर्दा लामखुट्टे भाग्दछन् ।

नीम
एन्टीब्याक्टेरियल गुण भएको नीमलाई प्राकृतिक औषधि पनि मानिन्छ । सफा नीमको पातलाई पिसेर बनाइएको लेपलाई छालामा दल्दा लामखुट्टेले टोक्दैन ।


 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्